You are viewing the translated version of क्रार्यविधिमा समावेश गर्न सकिने विषय.
Section 19
क्रार्यविधिमा समावेश गर्न सकिने विषय
(१) कुनै प्राविधिक विषयमा व्यवस्था गर्नु पर्ने वा विस्तृत ढाँचा वा कार्यविधि आवश्यक पर्ने वा आन्तरिक कार्यप्रणालीलाई व्यवस्थित गर्ने विषयमा कार्यविधि बनाउन सक्ने गरी सङ्घीय ऐनबाट अधिकार प्रत्यायोजन गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम सङ्घीय ऐनबाट कार्यविधि बनाउन सक्ने गरी अधिकार प्रत्यायोजन भएकोमा त्यस्तो ऐनले तोकेको सीमाको अधीनमा रही कार्यविधि बनाउन सकिनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दस्तुर तोक्ने, कोष स्थापना गर्ने, कुनै विषयलाई नियमन गर्ने, ऐनले बाध्य नगरेको वा निषेध नगरेको कुनै कार्य गर्न बाध्य गर्ने वा निषेध गर्ने जस्ता: विषय कार्यविधिमा समावेश गर्नु हुँदैन।
(४) कार्यविधिबाट जुन-निकाय वा पदाधिकारीले सो विषय सञ्चालन वा प्रशासन गर्ने हो त्यस्तो निकाय वा पदाधिकारी बाहेक सर्वसाधारणलाई लागू हुने व्यवस्था कार्यविधिमा समावेश गर्नु हुँदैन।